Saturday, January 13, 2018

भक्तपुर स्थित सिद्ध पोखरी परिसरका धार्मिक संरचनाहरु

भक्तपुर स्थित सिद्ध पोखरी परिसरका धार्मिक संरचनाहरु 

१५ अाैँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको निर्माण गराएका थिए ।  यो पोखरीको संरक्षण र सम्बर्धन सन्तोषजनकरुपमा भएको देखिन्छ l तर यस पोखरीको उत्तर र पक्षिम तर्फ पोखरी परिसर  भित्र र बाहिर ढुंगाका होचो कदका धेरै धार्मिक संरचनाहरु खुल्ला आकास मुनि त्यसै छाडिएका छन् l घाम पानी , प्रदुषण र संरक्षणको अभावमा  ढुंगाका संरचनाहरु र त्यसमा कुदिएका अक्षरहरु पनि खीइदै गएको देखिन्छ l 
पोखरीको  साथ साथै परिसरमा रहेका  ऐतिहासिक एबम पुरातात्विक महत्वका संरचनाको को  संरक्षण र सम्बर्धन गरिनु पर्दछ l  त्यस्ता ऐतिहासिक एबम पुरातात्विक महत्वका संरचना नजिकै यस बारेको  जानकारी पनि राखिदिएको खण्डमा पर्यटकरुले स्पस्ट जानकारी पाउने थिए l यस बाट उक्त सरचनाको महत्वबारे जानकार भई यसको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने थियो l   


































































Tuesday, January 9, 2018

पिम्बहाल पोखरी र थोत्रो फोन


बेलुकीको करिब ८:३० बजे ल्यान्डलाइन फोनको घन्टी बज्यो र छोरा रितवले फोन उठायो l छोराले गरेको कुराकानीको आधारमा मैले आज एउटा गुठीको भोजमा जानु पर्ने बिर्सेको कारणले पुन: बोलावट आएको लख काटे l नभन्दै हो रहेछ l 


त्यस पछी बाबु छोरा दुवै गुठीको भोजमा सरिक हुन हालै जिर्णोद्वार गरिएको पाटनको पोखरीका कारण चर्चित  स्थान पिम्बहाल पुग्यौ l बेलुकीको चिसो सिरेटोले चल्मलाएको पोखरीको पानीमा तैरिरहेका बिजुलीबत्तिका प्रतिबिम्बहरु अति मनमोहक देखिन्थे l पोखरीको मध्यभाग स्थित कृष्ण मन्दीर र पाटी पानीमा तैरीरहेको भान हुन्थ्यो l मानौ बिजुली बत्तीले झाकी झकाउ कुनै सुन्दर डुंगा समुन्द्रमा तैरिरहेको होस् l   जाडो पनि बिर्साएको थियो त्यो  मनमोहक दृश्यले  l 

गुठीघरको चार तल्ला माथिबाट हेर्दा त उक्त मन्दिर र पाटीको सौन्दर्य बयान गरि साद्दे थिएन l  मल्ल कालमा निर्माण  गरिएको  उक्त मन्दिर र पाटीको सौन्दर्य पोखरीको चारैतिरका आघुनिक घरहरु तुलनामा निक्कै सुन्दर देखिन्थ्यो l धन्न म जस्तो भुलक्कडले थोत्रे भएपनि मोबाईल फोन बोक्न बिर्सेंन छु र यी फोहरु खिच्नभ्याए l
ऐतिहासिक पोखरीलाई मौलिक रुपमै संरक्षण र सम्बर्धन गर्नु हुने  सबैलाई धेरै धेरै  धन्यबाद l