Monday, May 28, 2018

रमाईला पलहरु एकाएक अन्तर्ध्यान ...

यो स्थानमा धेरै पटक पुगेका छौ l सधै कामको चटारो हुन्थ्यो l पुगियो काम सकायो र फर्कीईयो l तर यस पटक नौलो अनुभव समेट्ने अवसर पाईयो l ललितपुरको जावलाखेल स्थित “नेपाल प्रशासनिक प्रतिष्ठान”मा आज हामीले गरेको फरक अनुभव बारे जानकरी गराउदै  छु l



 यस पटक थोरै समयको फुर्सतमा यो स्थानमा पुगेको थियौ l कोलाहल, भिडभाड, उकुसमुकुस र प्रदुषण मुक्त  स्थान, जाहाँ बाट कतै जानै नपरे हुन्थ्यो जस्तो  लाग्यो र धेरै समय व्यतित गरियो आफ्नै जीवन संगिनी संग l



तातो घाममा बहेको चिसो हावाले तनमनलाई हलुका बनाई रहेको थियो l त्यही हावा हरियो सानो गोलो घाँसे चउरको चारै तर्फ रहेका अग्ला अग्ला सल्लाका रुखका पातहरुसंग रेटिएर निस्किएको संगीतमय ध्वनिले हामीलाई कुनै नदीको किनारामा छौ जस्तो आभास दिलाइरहेको थियो l यसमा सुगा लगायत अन्य पन्छीहरुले उनीहरुका फरक फरक अन्दाजका मौलिक आवाजहरु मिसाई दिंदाको त्यो अवस्था कुनै सांगीतिक कार्यक्रम भन्दा कम थिएन l

यस्तो मनमोहक प्राकृतिक वातावरण मा उनि निकै खुशी देखीइन्थीन l पृष्ठभूमिमा रहेको सेतो राणाकालीन दरवारबाट परावर्तित प्रकाशले उनको अनुहार थप उजेलिएको थियो l शाररिक अस्वस्थताको अवस्थामा पनि  उनको अनुहारमा देखिएको उमङ्ग देखेर मैले राहतको  महसुस गरि रहेको थिए l हामीले धरै समय त्यो  शितल हरियो घाँसको चउरमा बसेर गफीयौ, हामी  संग भएका थोत्रा मोबाईलले फोटो खिच्यौ l 

तर अफसोच फर्किने समयमा हामीले “नेपाल प्रशासनिक प्रतिष्ठान”को म्यूख्य भवन, ब्रिटिश शैलीमा निर्मित राणाकालीन दरवारको दुराअवस्था देख्दा केही क्षण अघि हामीले संगालेका रमाईला पलहरु एकाएक अन्तर्ध्यान भए  l


नेपालका आफ्नो मौलिक बस्तुकलाको साथै राणाकालीन दरवाहरुको संरक्षण र सम्बर्धन हुनु पर्दछ भन्ने मान्यता म राख्दछु l 

बिबिध बिषयमा तालिम प्रदान गरि देशको लागि कुशल र सक्षम राष्ट्र सेवकहरु उत्पादन गर्ने यस प्रतिष्ठानको यो भवन यथाशिघ्र मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट होस् l 








Thursday, May 10, 2018

'अतिथि देवो भव’ !


हामी नेपालीहरु आफ्ना अतिथिहरुलाई स्वागत गर्ने आफ्नै गौरवपूर्ण परम्परा छ – ‘अतिथि देवो भव’ l  यसै अनुरुप आज नेपाल  भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्रि श्री नरेन्द्र मोदीलाई  हार्दिक स्वागत  l


२०७२ सालमा आएको महाभूकंपले थिलथिलो परेको समयमा  नेपाल विरुद्ध बिना कारण भारतले लगाएको ६ महिना लामो अघोषित नाकाबन्दी लगाएको थियो l नाकाबन्दी समयमा हामीले दैनिक जीवन यापन भोगेका  त्यो कष्टका क्षणहरु  शायदै बिर्सन सकिएला l 

२०७२ मंग्सिर २६ गते भारतीय नाकाबन्दीको बिरोधमा भक्तपुरमा एक चित्रकला प्रदर्शनी गरिएको थियो l “परिवर्तनका लागि ऐक्यबद्धता” नामक संस्था द्वारा आयोजित चित्रकला प्रदर्शनीमा कक्षा ५ सम्मका बिद्यार्थीहरुले पनि भारतीय नाकाबन्दीको बिरोधमा कोरिएका चित्रहरु समावेश थिए l

यसबाट के स्पष्ट हुन्छ भने भारतीय नाकाबन्दीको कारणले नेपाली बाल मस्तिष्कमा समेत भारत बिरोधि विचारको बिजारोपण गर्न मद्दत गरेको थियो l   

तत्कालिन अवस्थामा नरेन्द्र मोदीनै भारतका प्रधानमन्त्रि थिए l तिनै मोदी प्रधानमन्त्रीकै  हैसियतमा नेपाल भ्रमणमा आउदै छन् l उनको यो भ्रमणले भारतीय नाकाबन्दीका कारण नेपाल र नेपालीले भोग्नु परेको दु:ख, कष्ट लाई बिर्साउन सफल हुने छ भन्ने आशा गरौ l












Tuesday, May 1, 2018

मे दिवस...

१ मे अर्थात् मे दिवस,  निष्ठा पूर्बक श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने दिन l “आठ घण्टा काम, आठ घण्टा मनोरंजन र आठ घण्टा आराम”  नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बिगतमा जस्तै आज विश्व भर १ सय २९ औं अन्तराष्ट्रिय मे दिवस मनाईदैछ l
यसै सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरुमा  शुभकामना .....