२०७५ असार ५ गते मंगलबार
विकासे महिना भएर होला मेरो घर वरपरका बाटाहरु कतै
ढलान हुदै छन् कतै ढलको पाईप बिछ्याउन ढल खन्ने काम भै रहेको छ l जसले गर्दा बाटो
होकी धान रोप्न तयार पारिएको खेत हो छुट्याउन गाह्रो छ l त्यसैले हिजो आज खेत रुपी
बाटो छल्ने क्रममा केहि घुमाउरो बाटो रोज्न बाध्य छु l
घुमाउरो
बाटो रोज्दै गाबहाल हुदै पुल्चोक तर्फ स्कूटरमा हुइकिदै थिए l अफिस पुग्न ढिला भईरहेको थियो त्यसैले अलि हतारमा थिए l गाबहालमा सडकको बायाँ तर्फ ढल फुटेर हिलो माटो थुप्रिएको थियो l त्यही हिलोमाटो छेउमा फ्लेक्समा प्रिन्ट
गरिएको एउटा सूचना ठड्याईएको थियो l उक्त सूचनामा
“रातो मच्छिन्द्रनाथ....” उल्लेख गरेको पढ्न भ्याए तर पुरै पढ्न भ्याईन l एक मनले फर्केर तत्काल उक्त
सूचना पढौ जस्तो लाग्यो अर्को तर्फ अफिस पुग्न ढिला भै रहेको हुनाले आ होस् भन्दै
अघि बढे l तत्काल फर्केर उक्त सूचना पढ्ने वा अफिस तिर हुइकिने भन्ने बिषयमा मेरो
मनमा अन्तरद्वन्द चलिनै रहयो l अन्तत ढल भुटेर जम्मा भएको त्यो हिलो माटो मा “रातो
मच्छिन्द्रनाथ” को बारेमा के लेखिएको थियो भन्ने जानकारी लिन तत्काल फर्किने निर्णय गरे त्यतिन्जेल म न:टोल स्थित
“न्यू शोभा फोटो” नजिक पुगी सकेको रहेछु l
फर्केर
स्कूटर गाबहालमा सडक छेउमा पार्किंग गरे l उक्त सूचना टाढै बाट सजिलै पढ्न
सकिन्थ्यो र त्यसमा "बाटो बन्द" शिर्षकमा “रातो मच्छिन्द्रनाथ को जात्रा भएकोले अर्को बैकल्पिक मार्गको
प्रयोग गर्नु होला l ट्राफिक प्रहरी
ललितपुर l ” भनि उल्लेख गरिएको थियो l
त्यो सूचना पढे पछी खिन्नता एबम ग्लानिको महशुस
भयो l किनकी यस सूचनामा उल्लेख गरिए अनुसार त्याँहा बाटो बन्द पनि थिएन र कुनै जात्रा पनि थिएन l
यस वर्षको
मच्छिन्द्रनाथ को जात्रा मिति २०७५ बैशाख ६ गते पुल्चोक बाट प्रारम्भ भई २०७५ बैशाख
३० गते जाउलाखेलमा भोटो देखाई सम्पन्न भै सकेको छ l यो जात्रा बर्षमा एक पटक मात्र
चलाईन्छ l यस बर्ष जात्रा विधिवत रुपमा समाप्त
भै सकेको अवस्थामा जनमानसमा भ्रम सृजना हुने गरि यस प्रकारको गलत सूचना सार्वजनीक
स्थानमा किन ? त्यो पनि ट्राफिक प्रहरीको
नाममा l
किन हामी यति गैर जिम्मेवार भएका? सार्वजनिक स्थानमा यसरी भ्रमात्मक सूचना राख्न पाईन्छ ?