Friday, April 24, 2015

सन्दर्भ जन आन्दोलन २०६२ / ०६३ : कलंकी अझै कलंकी नै छ....

कलंकी अझै कलंकी नै छ....
जन आन्दोलन २०६२/६३ को एउटा घटना सम्झिन पुग्दा आज भाबुक भए  l २०६३ बैशाख ७ शसत्र प्रहरीको गोलीबाट काठमाडौँ को कलंकीमा ३ जनाको ज्यान गयो l

आन्दोलनकारीहरुले कलंकीलाई ‘लोकतन्त्र चोक’ र ज्यान गुमाएका व्यक्तिहरुलाई सहिद घोषणा गरी सडकमै धुप बत्ति बालेर पुजा गरि ढोकेर सम्मान ब्यक्त गरिहेका थिए l

उक्त सम्बेदनशील क्षणको फोटो खिच्ने क्रममा मेरो गला अबरुद्द भाको जस्तो सास फेर्न गाह्रो जस्तो हुनुको साथै मेरा आँखाहरु रसाएका थिए l

त्यसै दिनकोको नवौ वर्ष पछी आज लोकतन्त्र दिवसको अवसरमा मैले खिचेका जनान्दोलनका फोटोहरु हेर्दै जानेक्रममा तिनै फोटोहरु देख्दा मन थाम्न गार्हो भयो l

तर के गर्नु बिडम्बना, सहिदको सपनाको त धेरै टाढाको बिषय भयो कलंकी अझै कलंकी नै छ ‘लोकतन्त्र चोक’ कायमै हुन सकेन l देशको अवस्थाको प्रतिबिम्ब ....