Sunday, September 24, 2017

संरक्षित शिलालेख र मुर्तिहरु



आज बिहान पनि घुमफिर गर्ने क्रमजारी रह्यो l घरवाट कुम्भेश्वर मंगलबजार पुगियो l मंगलबजार नजिकैको हस्तिनागल महाविहारको चोकमा रहेको चिया पसलमा कफी खान बसियो l चोक निक्कै शान्त र शितल त थियो नै, कफी पनि निक्कै स्वादिलो थियो l कफी खान सधै त्यति जाने सोच पलाएको छ l

त्यस चोकको पुर्बोत्तर कुनाको एउटा घरको ढोकाको दाँया बाँया भित्तामा शिलालेख र मुर्तिहरु बिशेषरुपमा रहेका छन् l उक्त
शिलालेख मुर्तिहरुलाई सरंक्षण गरेको पाइयो l शिलापत्र र मुर्तिलाई फलामको दुइवटा फ्रेम बनाई सिसाले ढाकिएको थियो l जसले गर्दा पुजा गर्दा लगाईदिने टिका र हावापानीबाट जोगिएको देखिन्छ l शिशाको बाहिरी भाग त सफा नै थियो तर भित्रि भाग सफा थिएन र सिसा टल्किने भएको हुनाले फोटो अलि सफा र राम्ररी खिच्न सकिएन l तर शिलालेख र मुर्तिहरु सफा नै देखिन्थ्यो l दुइवटा फ्रेम मध्ये एउटा फेर्म को सिसा फुटेको छ l
   
"शिलालेख कला र इतिहासको मिस्त्रित अभिलेख हो l इतिहासको अध्ययनमा यस्ता सम्पदा अभिलेखहरुको ठुलो महत्व हुन्छ l यस्ता महत्वपुर्ण ऐतिहासिक अभिलेखहरुको यथास्थानमा बिशेषरुपमा संरक्षण गरिनु पर्दछ l एउटा छुट्टै संग्रहालय बनाएर ति शिलालेखहरूको फोटो संग्रह गरि त्यसमा उल्लेख भएका तथ्यहरु अन्य भाषाहरुमा समेत उल्था गरेर राख्नु उचित हुन्छ l" भन्ने बारेमा मैले ब्लग (http://withbimal.blogspot.com/2017/09/bal.html)मा हिजो लेखेको थिए l आज  शिलालेख र मुर्तिको स्थानीय तवरमै संरक्षित भएको देख्न पाउदा खुशी लाग्नु स्वाभाविकै हो l






Related
http://withbimal.blogspot.com/2017/09/bal.html



Saturday, September 23, 2017

शिलालेखहरुको छुट्टै संग्रहालय...


आज बिहान घुमघामको सिलसिलामा पाटनको बालकुमारी मन्दिर पुगियो l दशैको अवसर परेर होला भक्तजनहरुको निक्कै  घुइचो थियो l मन्दिरको पछाडी पट्टी स साना मुर्तिहरु धेरै थिए l ति मुर्तिहरु संगै शिलालेखहरु पनि थिए l

शिलालेख कला र इतिहासको मिस्त्रित अभिलेख हो l इतिहासको अध्ययनमा यस्ता सम्पदा अभिलेखहरुको ठुलो महत्व हुन्छ l शिलालेखहरु काठमान्डौ लगायत देशका विभिन्न स्थानमा असंख्य छन् l यस्ता महत्वपुर्ण अभिलेखहरुको ब्यबस्थितर एबम बैज्ञानिक रुपमा सरंक्षण र सम्बर्धन हुन सकेको छैन l प्रदुषणयुक्त बातावरणले खुल्लारुपमा राखिएका शिलालेखहरु क्रमश: खीइदै गईरहेका छन् l कसैले हतियारमा धार लगाउने साधनको रुपमा प्रयोग गरेका छन्, कसैले गुच्चा ठोकाउने कार्यमा, त्यसै गरि पुजा आजाको क्रममा टिका, रंग आदि लगाई दिदा पनि शिलालेखहरुको बिनाश भैरहेको छ l 

यस्ता महत्वपुर्ण ऐतिहासिक अभिलेखहरुको यथास्थानमा बिशेषरुपमा संरक्षण गरिनु पर्दछ l एउटा छुट्टै संग्रहालय बनाएर ति शिलालेखहरूको फोटो संग्रह गरि त्यसमा उल्लेख भएका तथ्यहरु अन्य भाषाहरुमा समेत उल्था गरेर राख्नु उचित हुन्छ l


बालकुमारी मद्निर बाँया (दक्षिण)तर्फ



बालकुमारी मद्निर पछाडी  (पूर्व )तर्फ


मन्दिर परिसरमा  रहेका शिलालेखहरु





Related
http://withbimal.blogspot.com/2017/09/blog-post_24.html

Friday, September 15, 2017

फोटो खिचेर के गर्नु सर, यो धुलो घट्ने हैन...



सदा झैँ आज बिहान पनि अफिस तर्फ लागियो l यसै क्रममा नेपालको राजधानी, काठमान्डौ महानगरपालिकाको वडा नम्बर १४ कलंकी हुदै स्यूचाटार जाने क्रममा खसीबजार पछि आउने पुल कटेर अधि बढ्न आफैलाई रोके l रोकिएर कलंकी तर्फ हेर्दा पहाड तिर ठुलै पहिरो आउदा अथवा विस्फोटक पदार्थ पड्केको अवस्थामा उड्ने जस्तो धुलोको मुस्लो उडिरहेको देखिन्थ्यो l म लगायत अन्य धेरैको दैनिकी बनि सकेको छ, सधै यही धुलोमा गुटुमुटुदै गन्तब्यमा पुग्ने अनि फर्किने l आयु कति बर्ष छोटीयो थाहा छैन l भबिष्यमा दम तथा फोक्सोको क्यान्सर जस्ता घातक रोगको भागीदारको निश्चितता भने गराएको छ l 

अफिस पुग्न ढिला हुदै थियो l तैपनि एक दुई वटा फोटो खिच्ने बिचारले झोलाबाट क्यमेरा झिके र फोटो खिच्न थाले l खाल्डा खुल्डी परेको बाटोमा परेर होला बस ट्रकहरु जड्याहाहरु जस्तै ढलपल गर्दै बिस्तारै अधि बढ्दै थियो l त्यति बिस्तारै अधि बढेका सवारी साधनले उदाएको धुलोले केहि देखिन सक्ने अवस्था थिएन l बास्तवमा बाटोनै अत्यधिक धुलाम्य थियो l धुलो उद्नुमा बाटोमा गुडेका सवारी साधनको कुनै दोष थिएन l तर ति सवारी साधनले छाडेका काला धुवाहरु धुलो भित्र क्षणभरमै बिलिन हुन्थ्यो l

 
त्यहि बाटोको एक छेउमा हातमा वाकीटकी बोकी र कालो मास्क लगाएर ढलपल गर्दै अधि बढिरहेका बस ट्रकहरु नियाल्दै  र तिनिहारुले उदाएको धुलो संगै सास फेरी रहेका थिए l मन मनै सोचे म त आउदा जादा केहि क्षण मात्रै हो यो ज्यानमारा धुलोमा गुटुमुटिने यीनी त दिनभरी गुटुमुटिन बाध्य छन् l यिनले आफ्नो जिविका र देशका लागि  आफ्नो आयु कति वर्ष छोट्याए भन्ने हेक्का यिनलाई पनि छैन होला l सलाम छ यस्ता राष्ट्र सेवकहरु प्रति जसले आफ्नो स्वास्थ्य भन्दा आफ्नो कर्तव्यलाई प्राथमिकतामा राखेका छन् l


फोटो खिच्दै म उनि नजिक पुगे l उनि हतार पतर म संग हात मिलाउदै भने "फोटो खिचेर के गर्नु सर, यो धुलो घट्ने हैनl"