Tuesday, November 14, 2017

विश्वनाथ उपाध्यायको वंशवृक्ष

 गत वर्ष प्रकाशित राजोपाध्याय समाजको स्मारिकामा सङ्कलित विश्वनाथ उपाध्यायको वंशवृक्ष


स्रोत : आभास धरानन्द राजोपाध्याय 



Monday, November 13, 2017

नेपालका एकमात्र चुरा कलाकार स्व.कल्याणी राजोपाध्याय प्रति हार्दिक श्रद्धाञ्जली







-बिमल चन्द्र शर्मा

घरको एउटा कोठाको भित्तामा एउटा फ्रेम साँचेर राखेका छौ l उक्त फ्रेमभित्र सुन्दर मयुर कैद छ l रुखको हाँगामा आराम गरिरहेको जस्तो देखिने कल्की देखि सुन्दर पुच्छर सहित को यो मयुर अब उद्ने होकी तब उद्ने हो जस्तो देखिन्छ l परम्परागत शैलीहरु भन्दा पृथकशैलीमा काँचका चुराका सयौं स-साना रंगीन टुक्राहरुबाट बडो मिहेनत पुर्बक यो मयुर बनाईएको छ l




यो चित्र सर्जक कलाकार स्वयम् मेरो घरसम्म आफै आएर उपलब्ध गराउनु भएको हो l त्यसैले यो कलाको महत्व छुट्टै छ, म र मेरो परिवारका लागि l यसका सर्जक काँचका चुराका रंगिन टुक्राहरू जोडेर जीवन्तता प्रदान गर्ने नेपालका एक मात्र कलाकार स्व. कल्याणी राजोपाध्याय हुनुहुन्थ्यो l हो उहाँ ४५ दिन अधि सम्म हामी बीच हुनुहुन्थो तर आज उहाँको नाम अगाडी स्वर्गीय लेख्न बाध्य हुनु पर्दा असहजता महसुस भै रहेको छ l

आजको ४५ दिनको पुण्यतिथिमा उहाँप्रति म र मेरो परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ l

अब उद्ला, तब उद्ला जस्तो देखिने भित्तामा सजिएको त्यो मयुरको चित्र हेर्दा पृष्टभूमिमा स्व. कल्याणी राजोपाध्यायज्यू संगको त्यो पलको सम्झना चलमलाउन थाल्छ, जुन बेला उहाँ मेरो घरमा उक्त चित्र दिन आफै आउनु भएको थियो l उहाँले काँचका चुराका टुक्राहरुबाट चित्र बनाउदा निक्कै गाह्रो भएको बताउनु भएको थियो l "आबश्यकता अनुसारका रंगहरुका पाउनु नै निक्कै गार्हो छ " भन्दै उहाँले आफ्नो हातका औलाहरुको चिरा चिरा परेको छाला देखाउदै भन्नुभाको थियो "चुरालाई आबश्यकतानुसार बिभिन्न आकारका टुक्राहरू पार्दा हातका औलाहरुमा घाउ हुन्छ र काम गर्न निक्कै गार्हो हुन्छ l"  करिब करिब २ घण्टा जाति समय  जीवनका आरोह र अवरोहका तथा दुख सुखका कुरा सुनाउनु भयो, सुन्नु पनि भयो l समय समयमा उहाँसंग भेट र कुरकानी नभएको होइन तर यसरी खुलेर कुराकानी गर्ने अवसर जुरेको थिएन र अब झन् जुर्ने कुरै भएन l 

एक गृहणी भइकन पनि फुर्सतको समयमा कलाकारितामा समर्पित भई सफलताको शिखर उक्लिरहनु भएका कलाकार स्व. कल्याणी राजोपाध्यायको प्रयासलाई दैबले देखि सहेन र हामीले पनि समयमै चिन्न सकेनौ l निष्ठुरी दैबले अल्प आयुमै उहाँलाई हामीबाट खोस्यो l उहाँबाट नेपालको कला क्षेत्रमा पुग्न सक्ने योगदानमा समेत पुर्णबिराम लगाउदै नेपालको कलाक्षेत्रमा  ठुलो क्षति पुर्यायो l

तर उहाँले आफ्नो कलायात्राको छोटो समयावधिमै नेपालको कला क्षेत्रमा थप्नु भएको नौलो आयाम हामीसंग छ l उहाँको सम्झनालाई कायमै राखी उहाँले थप्नु भएको नयाँ आयामलाई कसरी जीवन्तता र निरन्तरता दिने हो यस तर्फ हाम्रो ध्यान केन्द्रित हुन परेको छ l सम्वन्धित संघ संस्था लगायत व्यक्तिहरुबाट यस बिषयमा बिशेष प्रयासको लागि म अनुरोध गर्न चाहन्छु l यस कार्यमा म र मेरो परिवारबाट हुन सक्ने सहयोग र कार्य गर्ने बचन बध्दता प्रकट गर्दछु l कलाकार स्व. कल्याणी राजोपाध्ययायज्यूको योगदानलाई जीवन्तता र निरन्तरता दिन सकियो भने उहाँप्रतिको बास्तविक श्रद्धाञ्जली हुनेछ l   

स्व. कल्याणी राजोपाध्यायज्यूसंग सम्बन्धित केहि सामाग्रीहरु संकलन हामीले गरेका छौ l जसको लिंक निम्नानुसार छन् l तपाईहरुसंग पनि उहांसंग सम्बन्धित साम्मग्रिहरु छन् भने उपलब्ध गराईदिनुहुन बिनम्र अनुरोध गर्दछु l  

२०७४/०७/२७

Thursday, November 9, 2017

सामाजिक संजालमा समाचारको शिर्षक झुठो र अत्याउने खालको किन ?



आज अर्थात् २०७४ कार्तिक २३ गते साँझ त्रिपुरेश्वरमा आगलागीबारेको समाचार विभिन्न अनलाईन संचार माध्यमहरुले प्रेषित गरे l सामाजिक संजाल फेसबुकमा  १२खरी.कमले  "त्रिपुरेश्वर स्थित पेट्रोल पम्पमा भिषण आगलागी " शिर्षकको समाचार पोस्ट गरेको रहेछ l शहर बस्ति बीच रहेको पेट्रोल पम्पमा भिषण आगलागीबाट हुने क्षति पनि नै भयानक हुने आशंका पैदा हुनु स्वाभाविक नै भयो l मन त्यसै  त्यसै आत्तियो l शहर बजार नजिक पेट्रोल पम्प राख्न दिनु हुदैन भन्ने मान्यता राख्ने भएको हुनाले पनि यो समाचारले आकर्षित गर्यो l  फेसबुक मार्फत १२खरी.कममा उक्त समाचार पढ्दा राहत र अचम्मको अनुभव गरे  l 

समाचारको शिर्षक नै फेरीएको हरेछ l समाचारको शिर्षकमा पेट्रोल पम्पमा भिषण काटिएर "त्रिपुरेश्वरमा आगलागी" मा सिमित पारिएको रहेछ l मन अलि हल्का भयो l समाचार पढ्दा बल्ल थाहा भयो की  पेट्रोल पम्पमा हैन की पेट्रोल पम्प नजिक आगलागी भएको रहेछ l पेट्रोल पम्पमै आगलागी नभएको हुनाले भयानक क्षतिको सम्भावना न्यून भएको अनुमान लगाउदा  राहतको अनुभूति भयो l

सबै अनलाईन संचार माध्यमहरुको बिश्वास हुदैन है, भन्ने सुझाव धेरै जनाबाट पाएको  थिए l सधै हेर्ने गरिएको र बिश्वास गर्ने गरेको अनलाईन संचार माध्यमहरु मध्ये १२खरी.कम पनि एउटा हो l १२खरी.कमबाट मैले धेरै सामाग्रीहरु दैनिक रुपममा संकलन गर्ने गरेको छु l

१२खरी.कमले उक्त समाचार बेलुकीको ८:०० बजे  अद्यावधिक गरेको छ तर फेसबुकमा बेलुकीको ०९:३२बजे सम्म पनि "त्रिपुरेश्वर स्थित पेट्रोल पम्पमा भिषण आगलागी "  बजे  शिर्षक परिवर्तन गरिएको थिएन l
१२खरी.कम जस्तो लोकप्रिय अनलाईन संचार मध्यमले किन यस प्रकारको सरासर झुठो र जनमानसलाई अत्याउने खालको शिर्षक सामाजिक संजालमा किन राखेको होला ? भन्ने जिज्ञासा जाग्नु अस्वाभाविक त हैन नि ?



साँझ ६:५९ मा प्रेषित समाचार


बेलुकी ८ बजे अद्यावधिक गरिएको समाचार  


 बेलुकी ९:३२  बजे १२खरी.कम को फेसबुक पेज