Friday, March 9, 2018

बिबश “आँखाहरु”




“बागमतीमा पानी धेरै बगीसक्यो” भन्ने वाक्यांश धेरै पढियो र सुनियो पनि l अब काठमान्डौको “रानीपोखरीमा पानी सुकाइएको धेरै भयो” भन्ने बेला आयो l 

यस ऐतिहासिक रानी पोखरीले भूकम्पका  धक्काहरु  झेले र क्षती पनि भोग्यो  l त्यो भन्दा बढी क्षति अहिले विभिन्न स्वार्थको चलखेलले पारेको l यस पोखरीमा तालाबन्दी, तर्क बितर्क एबम विवाद धेरै भए, जुन अहिले पनि जारी छ  l भएको पानी सुकाइयो, माछाहरुको सरुवा गरियो l  

यी हरेक गतिबिधीहरु टुलुटुलु हेर्न बिबश छन् “आँखाहरु”  l






Wednesday, March 7, 2018

दिनमा स्वर्ग, रातमा डरलाग्दो


काठमान्डौ, ललितपुर र भक्तपुर दरवार स्क्वायरहरु मध्ये सबै भन्दा रमाइलो  र आनन्दित लाग्ने स्थान कुन हो भन्दा , मेरो उत्तर हुन्छ भक्तपुर दरवार स्क्वायर l हो भक्तपुर दरवार स्क्वायर औधि मन पर्छ मलाई l

यहाँका  मन्दिरहरु, घण्टा , गोल्डेन गेट, ५५ झ्याले दरवार, सजिब मुर्तिहरु जस्ता मौलिक एबम अद्भुत सम्पदाहरु, शान्त बातावरण , खुल्ला र सफा स्थानले मेरो मनलाई सधै मोहित तुल्याउने गरेको छ l हरेक पटकको पुगाई पहिलो पटक जस्तो लाग्छ, मानौ स्वर्ग भनेको यहि हो कि जस्तो  l

तर दु:खका साथ भन्नु पर्छ त्यस्तो मन्त्रमुग्ध पार्ने ठाउँ साँझ परे पछी डरलाग्दो स्थानमा परिवर्तन भएको अनुभूति हुन्छ, उचित प्रकाशको अभावले l दिनको समयमा आउने पर्यटकहरुले त यहाँ सम्पदाहरु अवलोकन गर्न सकिने भयो l विडम्बनाको बिषय नेपालको “रोम” भनेर चिनिने भक्तपुरको  दरवार स्क्वायरमा रहेका सम्पदाहरु साँझ र बेलुकी आउने पर्यटकहरुले केहि पनि अवलोकन गर्ने स्थिति रहेन छ l

प्रकाशको व्यवस्था छ तर बाटोको लागि मात्र, सम्पदाहरु तर्फ लक्षित प्रकाशको व्यवस्था रहेन छ l साँझ र बेलुकी आउने पर्यटकहरुले पनि स्पष्ट रुपमा भक्तपुर दरवार स्क्वायरमा रहेका सम्पदाहरु हेर्न सकिने ब्यबस्था गरिनु पर्छ l पाटन दरवार स्क्वायर को अवस्था पनि यस्तै  छ l सम्पदाहरु स्पष्ट रुपमा देखिने गरि बिशेष प्रकारका प्रकाशको व्यवस्था गरिनु पर्नेमा सरोकारवालाहरु ध्यानआकृष्ट होस् l   

भक्तपुर  दरवार स्क्वायरको गेटमा बसेका भक्तपुर नगरपालिकाका एक कर्मचारीसंग शौचालयको बारेमा जानकारी माग्दा यता त छैन बस पार्क पुग्नु पर्छ जानकारी पाउदा सार्है नमज्जा लाग्यो l  के यस भक्तपुर दरवार स्क्वायरमा सार्वजनिक शौचालय नभएकै हो त ? 








पोखरी र सूर्यास्त


हिजो अर्थात् २०७४ फाल्गुन २२गते साँझ पख काम बिशेषले भक्तपुरको कमलविनायक पुगेको थिए l घुम्दै जादाँ  नजिकै रहेको "कमल पोखरी" पुगियो l पोखरी त ठुलै रहेछ l नाम "कमल पोखरी" भए पनि त्यहाँ  कमलको फूल त हैन पात सम्म पनि देखिएन l

पोखरीको पूर्बी भागबाट देखिएको सूर्यास्तको मनोरम दृश्यले थोत्रै मोबाईल फोन बाटै भए पनि कैद गर्न बाध्य बनायो l  उक्त पोखरीको वरिपरी मानव निर्मित संरचनाहरु प्रकृति मैत्री र परम्परागत शैलीमा निर्माण गरिए यो पोखरी नेपालकै सुन्दर पोखरीहरु मध्येमा गणना सघाउ पुग्थ्यो l 









नेपालको "रोम" : अर्को पाटो

नेपालको "रोम" उपनामबाट चिनेने ऐतिहासिक भक्तपुर शहर उपत्यकाका तीन  शहरहरु मध्ये सबैभन्दा सुन्दर र सफा शहरको रुपमा पनि चिनिन्छ l म अहिले सम्म कति पटक भक्तपुर पुगे हेक्का छैन तर जति पटक पुगेको छु सधै पहिलो पटक पुगेको जस्तो अनुभव मेरो छ l त्यो दरबार क्षेत्र , पाँचतल्ले मन्दिर क्षेत्र, दतात्रय मन्दिर क्षेत्र र पुराना आफ्नै मौलिक वास्तुकलाका अनुपम नमुनाहरु जति हेरे पनि तृप्ति हुदैन l

तर हिजो अर्थात् २०७४ फाल्गुन २२ गते काम बिशेषले कमल विनायक जादाँ ब्रम्हायणी मन्दिर नजिक पुग्ने अवसर जुर्यो l भक्तपुर ऐतिहासिक, सुन्दर एबम सफा शहर हो भन्ने बिषयमा द्विविधा उत्पन्न गर्ने दृश्य मैले त्याँहा देखे  l


 सम्बन्धित निकाय एबम सरोकारवालाहरुले समयमै फोहरको उचित ब्यबस्थापनका लागि सबैको ध्यान आकृष्ट होस् भन्ने उदेश्य केहि फोटोहरु यहाँ राखेको छु l

भक्तपुर नगरपलिकाले क्षेत्रमा २०७४ माघ १५ गते "ब्रम्हायणी मन्दिर परिसर तथा खोला सरसफाई कार्यक्रम" गरेको थियो l
ब्रम्हायणी मन्दिर परिसर तथा खोला सरसफाई कार्यक्रम Photo: website of Bhaktapur Municipality
 तर दुई महिना नबित्दै यति साह्रो फोहर गर्नु अपराध नै हो l भएको फोहर सफा गरेर मात्रै नहुने पाठ अहिले भएको फोहरले सिकाएको छ l भक्तपुर नगरपालिकाले फोहोर नै हुन नदिने रणनीति तत्काल अबलम्बन गर्नु गरिनु पर्ने देखियो l