Wednesday, March 7, 2018

दिनमा स्वर्ग, रातमा डरलाग्दो


काठमान्डौ, ललितपुर र भक्तपुर दरवार स्क्वायरहरु मध्ये सबै भन्दा रमाइलो  र आनन्दित लाग्ने स्थान कुन हो भन्दा , मेरो उत्तर हुन्छ भक्तपुर दरवार स्क्वायर l हो भक्तपुर दरवार स्क्वायर औधि मन पर्छ मलाई l

यहाँका  मन्दिरहरु, घण्टा , गोल्डेन गेट, ५५ झ्याले दरवार, सजिब मुर्तिहरु जस्ता मौलिक एबम अद्भुत सम्पदाहरु, शान्त बातावरण , खुल्ला र सफा स्थानले मेरो मनलाई सधै मोहित तुल्याउने गरेको छ l हरेक पटकको पुगाई पहिलो पटक जस्तो लाग्छ, मानौ स्वर्ग भनेको यहि हो कि जस्तो  l

तर दु:खका साथ भन्नु पर्छ त्यस्तो मन्त्रमुग्ध पार्ने ठाउँ साँझ परे पछी डरलाग्दो स्थानमा परिवर्तन भएको अनुभूति हुन्छ, उचित प्रकाशको अभावले l दिनको समयमा आउने पर्यटकहरुले त यहाँ सम्पदाहरु अवलोकन गर्न सकिने भयो l विडम्बनाको बिषय नेपालको “रोम” भनेर चिनिने भक्तपुरको  दरवार स्क्वायरमा रहेका सम्पदाहरु साँझ र बेलुकी आउने पर्यटकहरुले केहि पनि अवलोकन गर्ने स्थिति रहेन छ l

प्रकाशको व्यवस्था छ तर बाटोको लागि मात्र, सम्पदाहरु तर्फ लक्षित प्रकाशको व्यवस्था रहेन छ l साँझ र बेलुकी आउने पर्यटकहरुले पनि स्पष्ट रुपमा भक्तपुर दरवार स्क्वायरमा रहेका सम्पदाहरु हेर्न सकिने ब्यबस्था गरिनु पर्छ l पाटन दरवार स्क्वायर को अवस्था पनि यस्तै  छ l सम्पदाहरु स्पष्ट रुपमा देखिने गरि बिशेष प्रकारका प्रकाशको व्यवस्था गरिनु पर्नेमा सरोकारवालाहरु ध्यानआकृष्ट होस् l   

भक्तपुर  दरवार स्क्वायरको गेटमा बसेका भक्तपुर नगरपालिकाका एक कर्मचारीसंग शौचालयको बारेमा जानकारी माग्दा यता त छैन बस पार्क पुग्नु पर्छ जानकारी पाउदा सार्है नमज्जा लाग्यो l  के यस भक्तपुर दरवार स्क्वायरमा सार्वजनिक शौचालय नभएकै हो त ? 








No comments: