Tuesday, October 24, 2017

स्वयम्भु एक खुल्ला संग्रहालय



केही दिन अधि घुमघामको क्रममा स्वयम्भु पुगियो l स्वयम्भु पुगिएको यो कतिऔ पटक हो भन्ने खुट्याउन सकिएन l 

घाम चर्कै लागेको थियो l घामले गर्दा स्वम्भु चैत्यको गजुरका तहहरु टल्किएर सुन्दर देखिएका थिए भने बाँदरहरु तिर्खाएका देखिन्थे l केही स्थानमा भूकम्पले क्षतिपुर्याएका संरचनाहरुको पुनर्निर्माण कार्य जारी रहेको देखिन्थ्यो l 

स्वयम्भु चैत्यको दाक्षिण पक्षिम कुनामा सानो संग्रहालय पनि रहेछ l यस संग्रहालयमा प्रकाशको उचित ब्यबस्था नहुनुको साथै धुलाम्य थियो l जसले गर्दा संग्रहित सामाग्रीहरु जस्तै मुर्ति एबम शिलालेखहरु अवलोकन गर्न सकिने अवस्था थिएन l यो संग्रहालय नजिकै एउटा ठुला शिलालेख रहेको छ l उक्त शिलालेख हामिले पढ्न सक्दैनौ र बुझ्दैनौ पनि l यस्ता शिलालेखहरुमा लेखिएका तथ्यहरु कम्तिमा पनि नेपाली र अंग्रेजी भाषामा उल्था गरेर शिलालेख सगै राख्ने व्यवस्था पनि गरिनु पर्ने देखिन्छ l 


समुद्री सतह भन्दा करिब १२९३ मिटर उचाईमा रहेको मौलिक वास्तुकला एबम पुरातात्विक सम्पदाले भरिपूर्ण स्वयम्भु क्षेत्र बास्तबमै खुल्ला संग्राहलय नै हो l
 

यस क्षेत्रमा निर्माण हुने सम्पूर्ण संरचनाहरु सोहि अनुसार नै निर्माण तथा पुनर्निर्माण हुनुपर्दछ l साथै याँहा रहेका बिबिध बनस्पतिहरुको पनि संरक्षण हुनुपर्दछ l 


यसै क्रममा आफुसंग रहेको थोत्रो मोबाईल फोनबाट खिचिएका केहि फोटोहरु