Monday, May 28, 2018

रमाईला पलहरु एकाएक अन्तर्ध्यान ...

यो स्थानमा धेरै पटक पुगेका छौ l सधै कामको चटारो हुन्थ्यो l पुगियो काम सकायो र फर्कीईयो l तर यस पटक नौलो अनुभव समेट्ने अवसर पाईयो l ललितपुरको जावलाखेल स्थित “नेपाल प्रशासनिक प्रतिष्ठान”मा आज हामीले गरेको फरक अनुभव बारे जानकरी गराउदै  छु l



 यस पटक थोरै समयको फुर्सतमा यो स्थानमा पुगेको थियौ l कोलाहल, भिडभाड, उकुसमुकुस र प्रदुषण मुक्त  स्थान, जाहाँ बाट कतै जानै नपरे हुन्थ्यो जस्तो  लाग्यो र धेरै समय व्यतित गरियो आफ्नै जीवन संगिनी संग l



तातो घाममा बहेको चिसो हावाले तनमनलाई हलुका बनाई रहेको थियो l त्यही हावा हरियो सानो गोलो घाँसे चउरको चारै तर्फ रहेका अग्ला अग्ला सल्लाका रुखका पातहरुसंग रेटिएर निस्किएको संगीतमय ध्वनिले हामीलाई कुनै नदीको किनारामा छौ जस्तो आभास दिलाइरहेको थियो l यसमा सुगा लगायत अन्य पन्छीहरुले उनीहरुका फरक फरक अन्दाजका मौलिक आवाजहरु मिसाई दिंदाको त्यो अवस्था कुनै सांगीतिक कार्यक्रम भन्दा कम थिएन l

यस्तो मनमोहक प्राकृतिक वातावरण मा उनि निकै खुशी देखीइन्थीन l पृष्ठभूमिमा रहेको सेतो राणाकालीन दरवारबाट परावर्तित प्रकाशले उनको अनुहार थप उजेलिएको थियो l शाररिक अस्वस्थताको अवस्थामा पनि  उनको अनुहारमा देखिएको उमङ्ग देखेर मैले राहतको  महसुस गरि रहेको थिए l हामीले धरै समय त्यो  शितल हरियो घाँसको चउरमा बसेर गफीयौ, हामी  संग भएका थोत्रा मोबाईलले फोटो खिच्यौ

तर अफसोच फर्किने समयमा हामीले “नेपाल प्रशासनिक प्रतिष्ठान”को म्यूख्य भवन, ब्रिटिश शैलीमा निर्मित राणाकालीन दरवारको दुराअवस्था देख्दा केही क्षण अघि हामीले संगालेका रमाईला पलहरु एकाएक अन्तर्ध्यान भए  l


नेपालका आफ्नो मौलिक बस्तुकलाको साथै राणाकालीन दरवाहरुको संरक्षण र सम्बर्धन हुनु पर्दछ भन्ने मान्यता म राख्दछु l 

बिबिध बिषयमा तालिम प्रदान गरि देशको लागि कुशल र सक्षम राष्ट्र सेवकहरु उत्पादन गर्ने यस प्रतिष्ठानको यो भवन यथाशिघ्र मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट होस् l 








Thursday, May 10, 2018

'अतिथि देवो भव’ !


हामी नेपालीहरु आफ्ना अतिथिहरुलाई स्वागत गर्ने आफ्नै गौरवपूर्ण परम्परा छ – ‘अतिथि देवो भव’ l  यसै अनुरुप आज नेपाल  भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्रि श्री नरेन्द्र मोदीलाई  हार्दिक स्वागत  l


२०७२ सालमा आएको महाभूकंपले थिलथिलो परेको समयमा  नेपाल विरुद्ध बिना कारण भारतले लगाएको ६ महिना लामो अघोषित नाकाबन्दी लगाएको थियो l नाकाबन्दी समयमा हामीले दैनिक जीवन यापन भोगेका  त्यो कष्टका क्षणहरु  शायदै बिर्सन सकिएला l 

२०७२ मंग्सिर २६ गते भारतीय नाकाबन्दीको बिरोधमा भक्तपुरमा एक चित्रकला प्रदर्शनी गरिएको थियो l परिवर्तनका लागि ऐक्यबद्धता नामक संस्था द्वारा आयोजित चित्रकला प्रदर्शनीमा कक्षा ५ सम्मका बिद्यार्थीहरुले पनि भारतीय नाकाबन्दीको बिरोधमा कोरिएका चित्रहरु समावेश थिए l

यसबाट के स्पष्ट हुन्छ भने भारतीय नाकाबन्दीको कारणले नेपाली बाल मस्तिष्कमा समेत भारत बिरोधि विचारको बिजारोपण गर्न मद्दत गरेको थियो l   

तत्कालिन अवस्थामा नरेन्द्र मोदीनै भारतका प्रधानमन्त्रि थिए l तिनै मोदी प्रधानमन्त्रीकै  हैसियतमा नेपाल भ्रमणमा आउदै छन् l उनको यो भ्रमणले भारतीय नाकाबन्दीका कारण नेपाल र नेपालीले भोग्नु परेको दु:ख, कष्ट लाई बिर्साउन सफल हुने छ भन्ने आशा गरौ l












Tuesday, May 1, 2018

मे दिवस...

१ मे अर्थात् मे दिवस,  निष्ठा पूर्बक श्रम गरेर हातमुख जोड्ने मजदुरका हकअधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने दिन l “आठ घण्टा काम, आठ घण्टा मनोरंजन र आठ घण्टा आराम”  नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बिगतमा जस्तै आज विश्व भर १ सय २९ औं अन्तराष्ट्रिय मे दिवस मनाईदैछ l
यसै सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरुमा  शुभकामना .....