Monday, May 28, 2018

रमाईला पलहरु एकाएक अन्तर्ध्यान ...

यो स्थानमा धेरै पटक पुगेका छौ l सधै कामको चटारो हुन्थ्यो l पुगियो काम सकायो र फर्कीईयो l तर यस पटक नौलो अनुभव समेट्ने अवसर पाईयो l ललितपुरको जावलाखेल स्थित “नेपाल प्रशासनिक प्रतिष्ठान”मा आज हामीले गरेको फरक अनुभव बारे जानकरी गराउदै  छु l



 यस पटक थोरै समयको फुर्सतमा यो स्थानमा पुगेको थियौ l कोलाहल, भिडभाड, उकुसमुकुस र प्रदुषण मुक्त  स्थान, जाहाँ बाट कतै जानै नपरे हुन्थ्यो जस्तो  लाग्यो र धेरै समय व्यतित गरियो आफ्नै जीवन संगिनी संग l



तातो घाममा बहेको चिसो हावाले तनमनलाई हलुका बनाई रहेको थियो l त्यही हावा हरियो सानो गोलो घाँसे चउरको चारै तर्फ रहेका अग्ला अग्ला सल्लाका रुखका पातहरुसंग रेटिएर निस्किएको संगीतमय ध्वनिले हामीलाई कुनै नदीको किनारामा छौ जस्तो आभास दिलाइरहेको थियो l यसमा सुगा लगायत अन्य पन्छीहरुले उनीहरुका फरक फरक अन्दाजका मौलिक आवाजहरु मिसाई दिंदाको त्यो अवस्था कुनै सांगीतिक कार्यक्रम भन्दा कम थिएन l

यस्तो मनमोहक प्राकृतिक वातावरण मा उनि निकै खुशी देखीइन्थीन l पृष्ठभूमिमा रहेको सेतो राणाकालीन दरवारबाट परावर्तित प्रकाशले उनको अनुहार थप उजेलिएको थियो l शाररिक अस्वस्थताको अवस्थामा पनि  उनको अनुहारमा देखिएको उमङ्ग देखेर मैले राहतको  महसुस गरि रहेको थिए l हामीले धरै समय त्यो  शितल हरियो घाँसको चउरमा बसेर गफीयौ, हामी  संग भएका थोत्रा मोबाईलले फोटो खिच्यौ

तर अफसोच फर्किने समयमा हामीले “नेपाल प्रशासनिक प्रतिष्ठान”को म्यूख्य भवन, ब्रिटिश शैलीमा निर्मित राणाकालीन दरवारको दुराअवस्था देख्दा केही क्षण अघि हामीले संगालेका रमाईला पलहरु एकाएक अन्तर्ध्यान भए  l


नेपालका आफ्नो मौलिक बस्तुकलाको साथै राणाकालीन दरवाहरुको संरक्षण र सम्बर्धन हुनु पर्दछ भन्ने मान्यता म राख्दछु l 

बिबिध बिषयमा तालिम प्रदान गरि देशको लागि कुशल र सक्षम राष्ट्र सेवकहरु उत्पादन गर्ने यस प्रतिष्ठानको यो भवन यथाशिघ्र मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट होस् l 








No comments: