Thursday, May 10, 2018

'अतिथि देवो भव’ !


हामी नेपालीहरु आफ्ना अतिथिहरुलाई स्वागत गर्ने आफ्नै गौरवपूर्ण परम्परा छ – ‘अतिथि देवो भव’ l  यसै अनुरुप आज नेपाल  भ्रमणमा आउनुहुने भारतीय प्रधानमन्त्रि श्री नरेन्द्र मोदीलाई  हार्दिक स्वागत  l


२०७२ सालमा आएको महाभूकंपले थिलथिलो परेको समयमा  नेपाल विरुद्ध बिना कारण भारतले लगाएको ६ महिना लामो अघोषित नाकाबन्दी लगाएको थियो l नाकाबन्दी समयमा हामीले दैनिक जीवन यापन भोगेका  त्यो कष्टका क्षणहरु  शायदै बिर्सन सकिएला l 

२०७२ मंग्सिर २६ गते भारतीय नाकाबन्दीको बिरोधमा भक्तपुरमा एक चित्रकला प्रदर्शनी गरिएको थियो l परिवर्तनका लागि ऐक्यबद्धता नामक संस्था द्वारा आयोजित चित्रकला प्रदर्शनीमा कक्षा ५ सम्मका बिद्यार्थीहरुले पनि भारतीय नाकाबन्दीको बिरोधमा कोरिएका चित्रहरु समावेश थिए l

यसबाट के स्पष्ट हुन्छ भने भारतीय नाकाबन्दीको कारणले नेपाली बाल मस्तिष्कमा समेत भारत बिरोधि विचारको बिजारोपण गर्न मद्दत गरेको थियो l   

तत्कालिन अवस्थामा नरेन्द्र मोदीनै भारतका प्रधानमन्त्रि थिए l तिनै मोदी प्रधानमन्त्रीकै  हैसियतमा नेपाल भ्रमणमा आउदै छन् l उनको यो भ्रमणले भारतीय नाकाबन्दीका कारण नेपाल र नेपालीले भोग्नु परेको दु:ख, कष्ट लाई बिर्साउन सफल हुने छ भन्ने आशा गरौ l












No comments: