Sunday, June 18, 2017

दुस्साहसी 'संजय पण्डित'.......अलबिदा




आज बिहानै अचानक मेरो कम्प्युटर बिग्रियो l आफै मर्मत गर्ने मेरो दिन भरिको प्रयासमा सफल हुन सकिन l एक जना सहृदयी भतिजा अतुल राजोपाध्यायले झर्को नमानी आफ्नो कार्यालय पछि रातको १०:३० बजे सम्म बसेर मेरो कम्प्युटर मर्मत गरि आफ्नो घर फर्किए l


कम्प्युटर मर्मत भईसकेपछी दिनभरिको समाचारहरु खोज्न थाले l आफ्नो जिम्मेवारी अनुसार आबश्यक समाचारहरु संकलन गर्ने थाले l निर्वाचन मनोनयन सम्बन्धि समाचारले प्रयास सबै अनलाइनहरुमा शिर्षस्थान पाएको रहेछ l त्यसै गरि अर्को एउटा दुखद समाचार पनि सबै अनलाईनले प्राथमिकताका साथ प्रकाशित गरेको पाए l जुन समाचारले म स्तब्ध हुन पुगे l समाचार थियो 'संजय पण्डित' को मृत्यु l 

उनी साहसी को साथै दुस्साहासी पनि हुन् l मेरो स्मरणमा अझै ताजा छ 'संजय पण्डित' को त्यो दुस्साहस l २०६७ साल बैशाख महिनामा तत्कालिन नेकपा (माओबादी)ले देशका बिभिन्न भागबाट आफ्ना कार्यकर्ताहरु काठमाण्डौमा ल्याएर आम हडताल गरिरहेको छैठौ दिनको दिन थियो l हामी मानव अधिकार अनुगमनको क्रममा थियौ l 

 उक्त दिन आम हडतालको बिरोधमा ब्यबसायीहरुले बसन्तपुरमा बिरोध सभाको कार्यक्रम राखेका थिए l पाटनका ब्यबसायीहरु पनि ब्यानर सहित बसन्तपुर जाने क्रममा कुपन्डोलमा सडक अबरोध गरि बसेका नेकपा (माओबादी)का कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए l त्यस कार्यको सशक्त प्रतिरोध गरेका थिए 'संजय पण्डित'ले l बाटो अवरोध गरि बसेका लठ्ठी बाँसका भाटा ली बसेका नेकपा (माओबादी)का सयौ कार्यकर्ताहरु माझ रत्तिभर नडराई उनले गरेको त्यो प्रतिरोध बास्तबमै तारिफ योग्य थियो l उनले नेकपा (माओबादी)की नेतृ पम्फा भुसालसंग कडा प्रतिवाद समेत गरेका थिए l त्यहाँ झडप पनि भयो l उनी माथि कुटपिट समेत गरियो l अल्का अस्पताल उपचार गरिएको थियो l

 साहसी भएर नै उनले सगरमाथा आरोहण गरे , अल्ट्रा धावकको उपाधी पाए र निरन्तर रुपमा आफ्नो साहसीपनको यात्रालाई कायमै राखे र राख्ने क्रममा नै कीर्तिमानी 'संजय पण्डित' अमेरिकाको एउटा हिमाल आरोहणगर्ने क्रममा  सदाका लागी बिदा भए l  


 दुस्साहसी 'संजय पण्डित'.......अलबिदा



संजय पण्डित


         अवरोधको प्रतिरोध गर्दै संजय पण्डित (रातो घेरामा)


नेकपा (माओबादी)की नेतृ पम्फा भुसालसंग प्रतिवाद गर्दै संजय पण्डित

  नेकपा (माओबादी)की नेतृ पम्फा भुसालसंग प्रतिवाद गर्दै संजय पण्डित 

  नेकपा (माओबादी)की नेतृ पम्फा भुसालसंग प्रतिवाद गर्दै संजय पण्डित 

  कुपन्डोलको तत्कालिन अवस्था : लठ्ठी र बाँसका  भाटा बोकेका माओबादी कार्यकर्तालाई पाटन तर्फ बढ्न रोक्दै सशत्र प्रहरी



अल्का अस्पतालमा उपचारको क्रममा रहेका  संजय पण्डित(रातो घेरामा)को अवस्थाको बारेमा जानकारी लिदै इन्सेक मध्यमान्चल संयोजक  श्री  कृष्ण गौतम 





 ब्यबसायीहरुद्वारा बसन्तपुरमा  आयोजित   बिरोध सभा 


 बिरोध सभामा बन्द हडतालको बिरोध गर्नु हुदै  बरिष्ठ कलाकार श्री हरिबंश आचार्य  


  बिरोध सभाका  सहभागीहरु

बिरोध सभाका  सहभागीहरु

 दुस्साहसी 'संजय पण्डित'.......अलबिदा

 Photo source : INSEC photo archive