सदा झैँ आज बिहान पनि अफिस तर्फ लागियो l यसै क्रममा नेपालको राजधानी,
काठमान्डौ महानगरपालिकाको वडा नम्बर १४ कलंकी हुदै स्यूचाटार जाने क्रममा खसीबजार
पछि आउने पुल कटेर अधि बढ्न आफैलाई रोके l रोकिएर कलंकी तर्फ हेर्दा पहाड तिर ठुलै
पहिरो आउदा अथवा विस्फोटक पदार्थ पड्केको अवस्थामा उड्ने जस्तो धुलोको मुस्लो उडिरहेको
देखिन्थ्यो l म लगायत अन्य धेरैको दैनिकी बनि सकेको छ, सधै यही धुलोमा गुटुमुटुदै
गन्तब्यमा पुग्ने अनि फर्किने l आयु कति बर्ष छोटीयो थाहा छैन l भबिष्यमा दम तथा
फोक्सोको क्यान्सर जस्ता घातक रोगको भागीदारको निश्चितता भने गराएको छ l
अफिस पुग्न ढिला हुदै थियो l तैपनि एक दुई वटा फोटो
खिच्ने बिचारले झोलाबाट क्यमेरा झिके र फोटो खिच्न थाले l खाल्डा खुल्डी परेको बाटोमा
परेर होला बस ट्रकहरु जड्याहाहरु जस्तै ढलपल गर्दै बिस्तारै अधि बढ्दै थियो l त्यति
बिस्तारै अधि बढेका सवारी साधनले उदाएको धुलोले केहि देखिन सक्ने अवस्था थिएन l
बास्तवमा बाटोनै अत्यधिक धुलाम्य थियो l धुलो उद्नुमा बाटोमा गुडेका सवारी साधनको
कुनै दोष थिएन l तर ति सवारी साधनले छाडेका काला धुवाहरु धुलो भित्र क्षणभरमै
बिलिन हुन्थ्यो l
त्यहि बाटोको एक छेउमा हातमा वाकीटकी बोकी र कालो मास्क लगाएर ढलपल
गर्दै अधि बढिरहेका बस ट्रकहरु नियाल्दै र
तिनिहारुले उदाएको धुलो संगै सास फेरी रहेका थिए l मन मनै सोचे म त आउदा जादा केहि
क्षण मात्रै हो यो ज्यानमारा धुलोमा गुटुमुटिने यीनी त दिनभरी गुटुमुटिन बाध्य छन्
l यिनले आफ्नो जिविका र देशका लागि आफ्नो आयु
कति वर्ष छोट्याए भन्ने हेक्का यिनलाई पनि छैन होला l सलाम छ यस्ता राष्ट्र
सेवकहरु प्रति जसले आफ्नो स्वास्थ्य भन्दा आफ्नो कर्तव्यलाई प्राथमिकतामा राखेका
छन् l
फोटो खिच्दै म उनि नजिक पुगे l उनि हतार पतर म संग
हात मिलाउदै भने "फोटो खिचेर के गर्नु सर, यो धुलो घट्ने हैनl"
No comments:
Post a Comment