Sunday, September 24, 2017

संरक्षित शिलालेख र मुर्तिहरु



आज बिहान पनि घुमफिर गर्ने क्रमजारी रह्यो l घरवाट कुम्भेश्वर मंगलबजार पुगियो l मंगलबजार नजिकैको हस्तिनागल महाविहारको चोकमा रहेको चिया पसलमा कफी खान बसियो l चोक निक्कै शान्त र शितल त थियो नै, कफी पनि निक्कै स्वादिलो थियो l कफी खान सधै त्यति जाने सोच पलाएको छ l

त्यस चोकको पुर्बोत्तर कुनाको एउटा घरको ढोकाको दाँया बाँया भित्तामा शिलालेख र मुर्तिहरु बिशेषरुपमा रहेका छन् l उक्त
शिलालेख मुर्तिहरुलाई सरंक्षण गरेको पाइयो l शिलापत्र र मुर्तिलाई फलामको दुइवटा फ्रेम बनाई सिसाले ढाकिएको थियो l जसले गर्दा पुजा गर्दा लगाईदिने टिका र हावापानीबाट जोगिएको देखिन्छ l शिशाको बाहिरी भाग त सफा नै थियो तर भित्रि भाग सफा थिएन र सिसा टल्किने भएको हुनाले फोटो अलि सफा र राम्ररी खिच्न सकिएन l तर शिलालेख र मुर्तिहरु सफा नै देखिन्थ्यो l दुइवटा फ्रेम मध्ये एउटा फेर्म को सिसा फुटेको छ l
   
"शिलालेख कला र इतिहासको मिस्त्रित अभिलेख हो l इतिहासको अध्ययनमा यस्ता सम्पदा अभिलेखहरुको ठुलो महत्व हुन्छ l यस्ता महत्वपुर्ण ऐतिहासिक अभिलेखहरुको यथास्थानमा बिशेषरुपमा संरक्षण गरिनु पर्दछ l एउटा छुट्टै संग्रहालय बनाएर ति शिलालेखहरूको फोटो संग्रह गरि त्यसमा उल्लेख भएका तथ्यहरु अन्य भाषाहरुमा समेत उल्था गरेर राख्नु उचित हुन्छ l" भन्ने बारेमा मैले ब्लग (http://withbimal.blogspot.com/2017/09/bal.html)मा हिजो लेखेको थिए l आज  शिलालेख र मुर्तिको स्थानीय तवरमै संरक्षित भएको देख्न पाउदा खुशी लाग्नु स्वाभाविकै हो l






Related
http://withbimal.blogspot.com/2017/09/bal.html



No comments: