"श्री ३ जुद्ध" १९९४, १९९५, र १९९९'
आज बिहान अर्थात २०८१ पुष १२ गते शुक्रबार, कार्यालयतर्फ जाँदै थिएँ। नारायणहिटी दरबार परिसरको पश्चिमतर्फ, लैनचौर एरियाको सडक पेटीको मर्मत कार्य भइरहेको देखे। सायद सडक किनारामा पानी बग्ने बाटो बनाईदै थियो l मर्मत कार्यका क्रममा नारायणहिटी दरबार परिसरको सडक छेउको पुरानो पेटी खनिएको रहेछ। खनिएको स्थानमा पुराना
इँटाहरु उप्काईएको र छरपस्ट भएको अवस्थामा थियो।
यी इँटाहरुमा 'श्री ३ जुद्ध १९९४,' 'श्री ३ जुद्ध १९९५,' र 'श्री ३ जुद्ध १९९९' कुदिएका अक्षरहरू स्पष्ट देखिन्थे। छरपरस्त धेरै इँटाहरुमा यस्तै लेखन थियो। नेपाली इतिहास र वास्तुकलासँग सम्बन्धित यी इँटाहरु देखेर चासो जाग्यो। सायद अन्य "वर्ष" पनि उल्लेख भएका इँटाहरु पनि त्यहाँ थिए की ? तर विस्तारमा सबै हेर्न समय नै थिएन।
कार्यालय जान ढिलो भइसकेको थियो, त्यसैले मैले हतारमा केही तस्बिरहरू मोबाईलबाट खिचें। यी ऐतिहासिक इँटाहरु हाम्रो सम्पदाको प्रमाण हुन् भन्ने मलाई लाग्छ । मर्मत कार्यको क्रममा यस्ता वस्तुहरूको संरक्षण गर्न सकिने उपायहरूमाथि सम्बन्धित सबैले सोच्न जरुरी छ।
तपाईंले पनि यस्ता ऐतिहासिक वस्तुहरू कतै देख्नुभएको छ? इतिहास र सम्पदाको यो झलकले तपाईंलाई कस्तो अनुभूति गरायो? आफ्नो विचारहरू साझा गर्न नबिर्सिनुहोस्!
 |
मर्मत कार्य भई रेहको स्थान (रातो घेरामा) जहाँ "श्री ३ जुद्ध" कुदिएका इँटाहरु छरपरस्त अवस्थामा रहेको देख्न सकिन्छ |
 |
मर्मतकार्यमा उप्काईएर छरपरस्त रहेका इँटाहरु मध्ये "श्री ३ जुद्ध १९९४" कुदिएको एउटा इँटा
|
 |
मर्मतकार्यमा उप्काईएर छरपरस्त रहेका इँटाहरु मध्ये "श्री ३ जुद्ध १९९५" कुदिएको एउटा इँटा |
 |
मर्मतकार्यमा उप्काईएर छरपरस्त रहेका इँटाहरु मध्ये "श्री ३ जुद्ध १९९५" कुदिएको इँटा
|
 |
मर्मतकार्यमा उप्काईएर छरपरस्त रहेकाईटाहरु मध्ये "श्री ३ जुद्ध १९९५" कुदिएको एउटा इँटा |
 |
मर्मतकार्यमा उप्काईएर छरपरस्त रहेका इँटाहरु, जसमा "श्री जुद्ध" र "साल" कुदिएका छन्
|
 |
मर्मत कार्यमा उप्काइएका इँटाहरु
|
 |
मर्मत कार्यमा उप्काईएका इँटाहरू मध्ये "श्री ३ जुद्ध १९९४" कुदिएको एउटा इँटा |
 |
"श्री ३ जुद्ध १९९९" कुदिएको एउटा इँटा |
 |
"श्री ३ जुद्ध १९९९" कुदिएको एउटा इँटा |
जुद्ध शमशेर जङ्गबहादुर राणा बारे छोटो जानकारी
 |
स्रोत: विकिपिडिया
|
नारायणहिटी राजदरबार वरपर "श्री ३ जुद्ध" कुदिएको
इँटा फेलापर्नुलाई श्री ३ जुद्ध शम्सेरको नारायणहिटी राजदरवारसंग सम्बन्ध रहेको प्रमाण मान्न सकिन्छ ।
"श्री ३ जुद्ध शमशेरको पालामा, १९९० सालको महाभूकम्प पछि नारायणहिटी राजदरबारलाई पुनःनिर्माण गरिएको थियो।" भन्ने अपुष्ट जानकारी पाएको छु l
 |
पुरानो नारायणहिटी दरवार १९२० l हालको दरबार निर्माण गर्न यसलाई १९५८म भत्काइएको थियो। स्रोत: विकिपिडिया |
यस विषयमा यहाँहरुको जानकारीमा रहेका तथ्य तथा आफ्ना विचारहरू पनि साझा गर्न नबिर्सिनुहोस्!