भक्तपुर स्थित सिद्ध पोखरी परिसरका धार्मिक संरचनाहरु



१५ अाैँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको निर्माण गराएका थिए । यो पोखरीको संरक्षण र सम्बर्धन सन्तोषजनकरुपमा भएको देखिन्छ l तर यस पोखरीको उत्तर र पक्षिम तर्फ पोखरी परिसर भित्र र बाहिर ढुंगाका होचो कदका धेरै धार्मिक संरचनाहरु खुल्ला आकास मुनि त्यसै छाडिएका छन् l घाम पानी , प्रदुषण र संरक्षणको अभावमा ढुंगाका संरचनाहरु र त्यसमा कुदिएका अक्षरहरु पनि खीइदै गएको देखिन्छ l
पोखरीको साथ साथै परिसरमा रहेका ऐतिहासिक एबम पुरातात्विक महत्वका संरचनाको को संरक्षण र सम्बर्धन गरिनु पर्दछ l त्यस्ता ऐतिहासिक एबम पुरातात्विक महत्वका संरचना नजिकै यस बारेको जानकारी पनि राखिदिएको खण्डमा पर्यटकरुले स्पस्ट जानकारी पाउने थिए l यस बाट उक्त सरचनाको महत्वबारे जानकार भई यसको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने थियो l


