बेलुकीको करिब ८:३० बजे ल्यान्डलाइन फोनको घन्टी बज्यो र छोरा रितवले फोन उठायो l छोराले गरेको कुराकानीको आधारमा मैले आज एउटा गुठीको भोजमा जानु पर्ने बिर्सेको कारणले पुन: बोलावट आएको लख काटे l नभन्दै हो रहेछ l
त्यस पछी बाबु छोरा दुवै गुठीको भोजमा सरिक हुन हालै जिर्णोद्वार गरिएको पाटनको पोखरीका कारण चर्चित स्थान पिम्बहाल पुग्यौ l बेलुकीको चिसो सिरेटोले चल्मलाएको पोखरीको पानीमा तैरिरहेका बिजुलीबत्तिका प्रतिबिम्बहरु अति मनमोहक देखिन्थे l पोखरीको मध्यभाग स्थित कृष्ण मन्दीर र पाटी पानीमा तैरीरहेको भान हुन्थ्यो l मानौ बिजुली बत्तीले झाकी झकाउ कुनै सुन्दर डुंगा समुन्द्रमा तैरिरहेको होस् l जाडो पनि बिर्साएको थियो त्यो मनमोहक दृश्यले l
गुठीघरको चार तल्ला माथिबाट हेर्दा त उक्त मन्दिर र पाटीको सौन्दर्य बयान गरि साद्दे थिएन l मल्ल कालमा निर्माण गरिएको उक्त मन्दिर र पाटीको सौन्दर्य पोखरीको चारैतिरका आघुनिक घरहरु तुलनामा निक्कै सुन्दर देखिन्थ्यो l धन्न म जस्तो भुलक्कडले थोत्रे भएपनि मोबाईल फोन बोक्न बिर्सेंन छु र यी फोहरु खिच्नभ्याए l
ऐतिहासिक पोखरीलाई मौलिक रुपमै संरक्षण र सम्बर्धन गर्नु हुने सबैलाई धेरै धेरै धन्यबाद l
ऐतिहासिक पोखरीलाई मौलिक रुपमै संरक्षण र सम्बर्धन गर्नु हुने सबैलाई धेरै धेरै धन्यबाद l
No comments:
Post a Comment