Sunday, December 17, 2017

पशु चिकित्सालयमा "६ पांग्रे" बिरामी



आज घरको "भुन्टी"ले धेरै पटक उल्टी गरेको हुनाले स्वास्थ्य परिक्षण गराउन रितव(छोरा)को सहयोगमा पशु चिकित्सालय, लगनखेलमा पुगेका थियौ l नयाँ भवन बन्दै गरेको रहेछ l चिकित्सालय खुल्ला छ की छैन र ओपिडी कता हो भन्न भेउ पाउन पनि एक छिन त अलमलमै पर्यौ हामी दुवै l सोधखोज गरि ओपिडी पत्ता लगायौ तर डाक्टर साहेब बाहिर जानु भाको रहेछ, १० १५ मिनेट पछी आउने खबर पायौ l 
 
भुन्टी: २ बर्ष अधि
 समय कटाउन रिताब भुन्टीलाई दुलाउन थाल्यो l म चाँही माइक्रोसफ्टले त्यागेको उही थोत्रोफोनबाट पशु चिकित्सालय परिसर भित्रै बन्दै गरेको नंया भवन पछाडी बडेमानको छ पांग्रे बिरामीको फोटो खिच्न थाले l "Caterpillar" कम्पनीको "120H" मोडलको "बा १ ग २०४४" सरकारी नबर प्लेट सहितको ग्रेदर सिकिस्त बिरामी परेर थला परेको थियो l रंग हेर्दा युवा नै देखिथ्यो तर कुनै टायर तगडा नै थिए त कुनै टायरहरू दुब्लाएर ख्याउटे भैसकेका थिए l उपचार भएको कुनै संकेत थिएन l उपचार गर्न अन्यत्र लैजान पनि नयाँ भवन बनिसकेकोले उ अटाउने बाटो नै छैन  l समयमै उचित उपचार भएको भए खर्च पनि थोरै लाग्थ्यो र यति बेलासम्म यसले देशको  सेवा पनि धेरैगरि सकेको हुन्थ्यो l 


१०,१५ मिनेट पछी डाक्टर साहेब आउनु भयो l त्यतिन्जेल सम्म "भुन्टी"को ज्वर नाप्ने काम भै सकेको थियो l डाक्टर साहेबले "भुन्टी"को  स्वास्थ्य परिक्षण गरि सके पछी "ज्वर पनि छैन आजलाई यो इन्जेक्सन दिएर हेरौ भएन भने भोलि बिहान १० बजे फेरी ल्याउनुहोला" भन्दै मेरो हातमा एउटा पुर्जी दिदै " बाहिर भेटनरी छ यो इन्जेक्सन र सिरिन्ज किनेर ल्याउनुस" भने l



भुन्टीको प्रेस्क्रिप्शन

भेटनरी गएर पुर्जी देखाएर यो इन्जेक्शन दिनुस भने, पसलमा बसेका साहुजीले "यो त मान्छेको औषधि हो क्लिनिकमा जानुस" भने l म अचम्ममा परे "पशु चिकित्सालयको पुर्जी देख्नु भएन यो मान्छेको हैन मेरो कुकुरको लागि लेखिएको हो" भनेर बुझाउन खोजे l उनले दुवै आँखा चिम्लिदै दुवै हत्केला माथि उठाउदै मलाई बुझाउने पारामा भने "हो मैले बुझेको छु यो औषधि जनावरको लागि लेखिएको हो तर यो मानिसमा प्रयोग गरिने चाँही हो त्यसैले क्लिनिकमा जानुस भनेको l

"त्यस पछी नजिकैको क्लिनिक पुगे पशु चिकित्सलायको पुर्जी देखेर भेटनरीमा जानुस भन्ला भनेर औषधि लेखिएको भाग मात्रै देखाएर इन्जेक्सन र सिरिन्ज दिन भने र बिल अपनी मागे त्यसको लागि हजारको नोट दिए l साहुनीले "चानचुन दिनुस" भने किन र कति भयो भनि सोधे जवाफमा "२० रुपैया भनिन" मलाई अचम्म लाग्यो l पहिले पहिले निजि क्लिनिकमा सानो तिनो उपचार गराउदा पनि कम्तिमा ४सय, ५सय तिर्ने गरेको थिए, आज २० रुपिया सुन्दा अचम्म लाग्नु स्वाभाविकै हो l 
 
भुन्टी अहिले स्वास्थ्य देखिन्छिन  

भुन्टीलाई सुइ लगाएर घर फर्किदा बाटोमा बाबु छोरा महको "तर्सिंग होम" सम्झिदै गफिदै हास्दै घर फर्कियौ l

No comments: