Monday, December 4, 2017

पूर्णचण्डीमा ज्यापु दिवस - २०७४




नेवारी समुदाय भित्र आफ्नो संस्कृतीको संरक्षण एबम सम्बर्धनको कार्यमा संगठितरुपमा अग्रसर समाज मध्ये  "ज्यापू समाज"को नाम अग्रपंक्ति पर्दछ भन्नुमा दुइमत नहोला l  ज्यापू समाजको आफ्नै "प्रज्ञा भवन" छ  l उक्त प्रज्ञा भवनमा संग्रहालय समेत स्थापना गरि सकेको छ l 
ज्यापु समाजको प्रज्ञा भवन


प्रत्येक बर्ष "योमरी पुन्ही"को दिन ज्यापू समाजले "ज्यापू दिवस"को रुपमा मनाउने गरेको छ l यस अवसरमा पाटनको प्रत्येक टोलटोलमा ज्यापू समाजका पदाधिकारी सहितको टोलीले संस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ l कार्यक्रमको समाप्ति पश्चात कार्यक्रम आयोजना गरिएको टोलका अग्रजहरुबाट ज्यापू समाजका पदाधिकारीहरुलाई उपहार प्रदान गरिन्छ l 

आज २०७४ कार्तिक १८ सोमबार बेलुकी करिब ९:०० बजे पूर्णचण्डी टोलमा ज्यापू समाजले संस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो l कार्यक्रम प्रारम्भ हुँदा हमी खाना खादै थियौ l छिटो छिटो खाना खईवारी दौडिदै कार्यक्रम स्थलपुग्दा आफुलाई मन पर्ने "धिमे नाच" लगभग सकिनै  लागेको थियो l आफ्नै टोलमा आयोजना भएको कार्यक्रममा आफुलाई मनपरेको नाच पुरै हेर्न नपाउदा चुक्चुकी स्वाभाविकै हो l

कार्यक्रमका अन्य प्रस्तुतिहरुको केहि फोटोहरु  ...




























No comments: