Friday, December 15, 2017

आश गर्नु बाहेक के नै गर्न सकिन्छ र ?




माथिको फोटो आज (२०७४/०८/२९ )साँझ कार्यालयबाट घर पुगे पछी खिचिएको हो l मैले लगाएको गाढा निलो रंगको पाईन्ट धुलाम्य भएको छ l 

म कुनै ग्रामिण इलाकाको यात्रामा थिइन l नेपालको राजधानी, काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिका रिंगरोड क्षेत्रमा पर्ने कलंकी, बल्खु सानेपा र नयाँबाटो छिचोल्दा दैनिक रुपमा म यस्तो हविगत भोग्न बाध्य छु l

करिब २०-२५ मिनेटको स्कुटरको यात्रामा मैले लगाएको लुगा यसरी धुलाम्य भएको हो l यो पाइन्ट त धोए पछि सफा हुन्छ नै तर बिगत लामो समय देखि यो बाटो निरन्तर रुपमा प्रयोग गरिरहदा म लगायत अन्य यात्रु तथा बटुवाहरुको स्वास्थ्यमा कस्तो असर पर्यो होला ?  

काठमाण्डौ वायु प्रदुषणका बारेमा अनलाइन खबरमामा प्रकाशित एक समाचारमा " काठमाण्डौको हावामा २.५ माइक्रोग्राम भन्दा साना धुलोका कण बढ्दै गएका छन् l ती कणहरु क्यान्सर, हृदयघात र मस्तिष्कघात गराउने रसायन हुन्छन l त्यस्ता कण श्वासप्रश्वास मार्फत फोक्सो हुदै रगतमा पुग्छन l रगत मार्फत रक्तसंचार प्रणालीबाट मुटुमा पुगेर जम्मा हुन्छन l रगत मार्फत नै मस्तिष्कघात गराउछन l विश्व बैंक तथ्यांकले भयावह रुप देखाउछ, जस अनुसार नेपालमा बर्सेनि २२ हजार जनाको मृत्युको कारण वायु प्रदुषण हो l" भनि उल्लेख गरिएको छ l यस्तो भयानक अवस्थाको जिम्मेवारी कसको हो?
हाल रिंगरोडमा बाटो फराकिलो पार्ने कार्यले गर्दा धुलो बढी उडेको हो l बाटो फराकिलो पार्ने कार्य गर्दा साधारणको स्वास्थ्यसंग यसरी खेलवाड गर्न पाइन्छ? सडक फराकिलो पार्ने कामको प्रारम्भ हुनु भन्दा पहिले पनि धुलोको कुनै कमि भने थिएन , बल्खु क्षेत्रमा l


२०७० भाद्र १९ गते खिचिएको बल्खुको फोटो


 
पहिले स्थानीय निकाय नभएका कारण यस विषमा ठोस कार्य हुने सकेन भनियो l निर्वाचन पश्चात स्थनीय निकायमा मयेर, उपमेयरले पद बहाली गरे, अनेक आश्वासन दिए तर काठमाण्डौको वायु प्रदुषणमा रत्तिभर कमि आएन l हामी सर्वासाधारणलाई बायु प्रदुषणका कारण रोगी बाध्य हुन पारिएको छ l रोगी हुदाँ पनि हामीले गर्व गर्ने अवसर प्राप्त गर्ने छौ किनकि हामीले रोगी भएर उपचार गराउदा पनि जनता रोगी बनाउने सरकारलाई कर तिर्ने सुअवसर प्राप्त गर्नेछौ  l  

भर्खर निर्वाचनहरु भएका छन l हेरौ अब बन्ने नंया सरकारले केहि गर्छ की ? आश गर्नु बाहेक के नै गर्न सकिन्छ र ? 
 


काठमाण्डौको धुँवा, धुलो र बायु प्रदुषणबारे गुगलमा खोज्दा भेटिएका बिभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारका  शिर्षक तथा फोटोहरु 












सम्बन्धित सामाग्री 






No comments: