सन्दर्भ : नयाँ बर्ष
स्थान : हरिहरभवन, ललितपुर स्थित एउटा रेस्टुरेन्ट
मिति : १बैशाख, २०७५
मिति : १बैशाख, २०७५
समय : बेलुकी ८:३० बजे

Image source : https://www.dreamstime.com/royalty-free-stock-image-waiter-serving-female-guest-image35763806

Image source : https://www.dreamstime.com/royalty-free-stock-image-waiter-serving-female-guest-image35763806
रेस्टुरेन्टमा चहल पहल निक्कै थियो l टेबलहरु सबै भरिभराउ थिए l रेस्टुरेन्टका कर्मचारीहरु पाहुनाहरु भरिएका टेबलहरुमा खानाको अर्डर लिन र खाना पुर्याउन
लगभग दौडादौडको अवस्थामा कुदी रहेका थिए l
हामीले खानाको बिल तिर्ने बेलामा एक जना कर्मचारीहरुसंग एउटा जिज्ञाशा राख्यौं “तपाई यसरी दौडादौड गरि रहनु भएको छ, आज दिन भरिमा कति जति हिड्नु भयो होला ?” हामीले तिरेको पैसा सहित बिल बुक टेबलमा राख्दै उनले भने “एक छिन है सर” भन्दै आफ्नो पाइन्टको गोजीबाट मोबाईल निकालेर त्यसमा आफ्नो औला घोट्न थाल्यो शायद केहि खोज्ने प्रयास गर्दे थियो l एक छिन् पछी मेरो जिज्ञाशा मेटाउने प्रयास गर्दै भन्यो “ आज बिहान देखि अहिले सम्म १६ किमी भन्दा बढी हिडिएछ, सर” भन्दै उनले थपे “अझै करिब डेढ घण्टा ड्युटी बाँकि छ हेरौ कति पुग्छ l“ यो जवाफ सुनेर मेरो मुख बाट अचानक निस्कियो “बाफ रे बाफ“ र नयाँ बर्षको शुभ कामना आदान प्रदान गर्दै हामी फर्कियौ l
“उनि रातको १० बजे आफ्नो ड्युटी
सकाएर घर फर्किने बेला कति थाकेको हुदो हो ?” मैले कुनै अडकल काट्नै सकिन ...
No comments:
Post a Comment