Wednesday, March 8, 2017

१०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको प्रभातफेरी र बुढी आमै

१०७ औं अन्तर्राष्ट्रिय महिला दिवस.....


२०७३ फाल्गुन २५ गते तदनुसार ८ मार्च २०१७ का दिन १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा महिला तथा बालबालिका तथा समाजकल्याण मन्त्रालयले प्रभातफेरीको आयोजना गरेको थियो l उक्त प्रभातफेरी भृकुटीमण्डपबाट करिब बिहान ०७:४५ प्रारम्भ भई भद्रकाली, शहिद गेट, हुदै रत्नपार्कको शान्ति बाटिका पुगेर ०९:०० बजे समापन भएको थियो l  

 

प्रभातफेरी भद्रकाली मोडिए पछी, कपाल सेतै फुलेकी, अनुहार चाउरी परेकी एक जना बुढी आमै सडक छेउको फुटपाथमा भीख मागी रहेकी देखा परिन l १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको प्रभातफेरी उनकै अगाडीबाट अघि बढ्यो l बुढी आमै आफु नजिक आएका बटुवाहरुसंग भीख माग्दै  बाटोको अर्को पट्टी प्रभातफेरी हेरी रहेकी थिइन्  l

 

सम्बन्धित सबैमा  बिशेष अनुरोध,  कुनै दिवस मनाउदा नारा, जुलुश, प्रभातफेरी, सभा, भाषणमै सिमित हुनुभएन l ठोस कार्यक्रमहरुको घोषणा गर्ने दिनको रुपमा मनाउनु पर्यो l जुन कार्यक्रमहरुले यस्ता बुढी आमैहरुको समस्यालाई पनि संबोधन गर्न सकियोस l         







No comments: