यो स्थानमा धेरै पटक पुगेका छौ l सधै कामको चटारो हुन्थ्यो l पुगियो काम सकायो र फर्कीईयो l तर
यस पटक नौलो अनुभव समेट्ने अवसर पाईयो l ललितपुरको जावलाखेल स्थित “नेपाल
प्रशासनिक प्रतिष्ठान”मा आज हामीले गरेको फरक अनुभव बारे जानकरी गराउदै छु l
यस पटक थोरै समयको फुर्सतमा यो
स्थानमा पुगेको थियौ l कोलाहल, भिडभाड, उकुसमुकुस र प्रदुषण मुक्त स्थान, जाहाँ बाट कतै जानै नपरे हुन्थ्यो
जस्तो लाग्यो र धेरै समय व्यतित गरियो
आफ्नै जीवन संगिनी संग l
तातो घाममा बहेको चिसो हावाले तनमनलाई हलुका बनाई रहेको थियो l त्यही हावा हरियो सानो गोलो घाँसे चउरको चारै तर्फ रहेका अग्ला अग्ला सल्लाका रुखका पातहरुसंग
रेटिएर निस्किएको संगीतमय ध्वनिले हामीलाई कुनै नदीको किनारामा छौ जस्तो आभास दिलाइरहेको थियो l यसमा सुगा लगायत अन्य पन्छीहरुले उनीहरुका फरक फरक अन्दाजका मौलिक आवाजहरु मिसाई दिंदाको त्यो अवस्था कुनै सांगीतिक कार्यक्रम भन्दा कम थिएन l
यस्तो मनमोहक प्राकृतिक वातावरण मा
उनि निकै खुशी देखीइन्थीन l पृष्ठभूमिमा रहेको सेतो राणाकालीन दरवारबाट परावर्तित
प्रकाशले उनको अनुहार थप उजेलिएको थियो l शाररिक अस्वस्थताको अवस्थामा पनि उनको अनुहारमा देखिएको
उमङ्ग देखेर मैले राहतको महसुस गरि रहेको थिए l हामीले धरै समय त्यो शितल हरियो घाँसको चउरमा बसेर गफीयौ, हामी संग भएका थोत्रा मोबाईलले
फोटो खिच्यौ l
तर अफसोच फर्किने समयमा हामीले “नेपाल प्रशासनिक प्रतिष्ठान”को म्यूख्य भवन, ब्रिटिश शैलीमा निर्मित राणाकालीन दरवारको दुराअवस्था देख्दा केही क्षण अघि हामीले
संगालेका रमाईला पलहरु एकाएक अन्तर्ध्यान भए l
नेपालका आफ्नो मौलिक बस्तुकलाको साथै राणाकालीन दरवाहरुको संरक्षण र
सम्बर्धन हुनु पर्दछ भन्ने मान्यता म राख्दछु l
बिबिध बिषयमा तालिम प्रदान गरि देशको लागि कुशल र सक्षम राष्ट्र सेवकहरु
उत्पादन गर्ने यस प्रतिष्ठानको यो भवन यथाशिघ्र मर्मत सम्भार गर्न सम्बन्धित
निकायको ध्यान आकृष्ट होस् l